Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

को हुन् विनोद खन्ना ? जसको मृत्युले बलिउड स्तब्ध बन्यो

$
0
0

एजेन्सी । भारतका चर्चित कलाकार विनोद खन्नाको बिहीबार मुम्बईमा उपचारका क्रममा निधन भएको छ । उनी वर्षभरि बिरामी भएर उपचारका क्रममा थिए । पुणेमा रहेको ओशोको आश्रममा विनोद खन्ना धेरै वर्ष बसेका थिए ।

उनले सन् १९७५ मा उनले ओशोको आश्रममा दिक्षा लिएका थिए । ओशोको आश्रममा आउनुपहिले विनोद खन्ना बलिउडका तीन सबैभन्दा सफल अभिनेता मध्येमा पथ्र्ये । ओशोको आश्रममा आएपछि उनले आफ्ना सम्पूर्ण सामानहरु जस्तै सुट, कपडा, जुत्ता र अन्य लक्जरी सामानहरु मान्छेहरुलाई बाँडिदिएका थिए । त्यसपछि उनले आश्रमले प्रधान गरेको कपडा मात्र लगाउन थाले ।

चारपाँच वर्ष परिवारबाट टाढा रहेपछि उनको परिवारसँगको सम्बन्ध बिग्रदै गएको थियो । जब उनी भारत फर्किए तब उनकी पत्नीले उनलाई छोड्ने निर्णय गरिसकेकी थिइन् । परिवारको साथ छुटेपछि उनले अर्को फिल्म इंसाफबाट फेरि बलिउडमा प्रवेश गरेका थिए । पूर्ण बलिउडमा फर्किएपछि विनोदले १९९० मा फेरि कवितासँग विवाह गरे । उनीहरुको एउटा छोरा र एउटी छोरी भए । विनोदको अर्को छोरा साक्षी पनि फिल्म खेल्ने तयारी गरिरहेको छ ।
विनोद खन्नाको परिवारमा पाँच भाइ/बहिनी छन् । उनका एक भाई र तीन बहिनी छन् । भारत स्वतन्त्र भएपछि उनको परिवार पाकिस्तानबाट मुंबई आएको थियो ।

विनोद सानोमा धेरै लजालु स्वभावका थिए । स्कुल पढ्दा खेरि उनलाई उनका शिक्षकले जबरजस्ती नाटक गर्न लगाएका थिए । त्यसपछि उनलाई अभिनयमा रुचि जागेको थियो ।

बोडिङ स्कुलमा पढ्दा उनले ‘सोलवा साल’ र ‘मुगले आजम’ फिल्म हेरेका थिए । यी फिल्मले उनलाई गहिरो प्रभाव पारेको थियो ।
विनोद खन्नाका पितालाई उनले फिल्ममा अभिनय गरेको मन पर्दैनथ्यो । उनका पिताले उनलाई दुई वर्षको समय दिएका थिए । त्यहि दुई वर्षमा उनले बलिउडमा आफ्नो पहिचान बनाए ।

विनोद खन्ना राजेश खन्नालाई धेरै मन पराउँथे । हयान्डसम विनोदलाई सुनिल दत्तले ‘मनका मीत’ भन्ने फिल्ममा भिलेनको रुपमा लन्च गरे ।
हिरो हुनभन्दा अघि विनोदले ‘आन मिले’, ‘सजना’, ‘पूरब और पश्चिम’, ‘सच्चा झुठा’ जस्ता फिल्ममा सहायक र खलनायको रोलमा काम गरेका थिए ।

गुलजारले निर्देशन गरेको फिल्म ‘मेरे अपने’ बाट उनले खुब चर्चा कमाए र दक्ष अभिनेताका रुपमा स्थापित भए ।

विनोदले थुप्रै मल्टीस्टार फिल्ममा खेलेका थिए । उनले अमिताभ बच्चन, राजेश खन्ना, सुनील दत्त जस्ता ठूला अभिनेताहरुसँग काम गरेका छन् ।
अमिताभ बच्चन र विनोद खन्नाको जोडीलाई दर्शकले निकै रुचाएका थिए ।

विनोद खन्ना अभिनेताका साथै निर्माता र सक्रिय नेता पनि हुन् । उनी भाजपाका सदस्य हुन् । उनले केही चुनाव पनि जितिसकेका छन् ।
विनोदले सलमानसँग धेरै फिल्म खेलिसकेका छन् । सलमान उनलाई भाग्यमानी मान्छन् ।

The post को हुन् विनोद खन्ना ? जसको मृत्युले बलिउड स्तब्ध बन्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles