एजेन्सी । बुधबार ‘बाहुबली २’ रिलिजको पूर्वसन्ध्यामाहैदरावादको शहर बाहुबलीको तुफानभित्र जेलिएको थियो । निकै नै बहुप्रतिक्षित मानिएको उक्त चलचित्र दर्शकहरु फिल्म हेर्नका लागि निकै उत्साहित छन् । उनीहरु टिकट पाउने आशामा लगभग ३ किलोमिटर घुमाउरो लाइन बसेका छन् ।
इम्याक्स हलबाहिर नेक्लेस रोडमा उभिएका बाहुवलीः द कनक्लुजन समर्थकको उन्मादको प्रमाण एउटा भिडियो क्लिप अहिले सामाजिक सञ्जालभरि भाइरल भएको छ ।
उक्त टिकटको लडाँईमा केही सफल भए भने केही मानिसहरु जसले अनलाइन पोर्टलहरुमा बुक गरेका थिए । उनीहरुले एकदमै मुटु टुक्रिएको अनुभव गरे ।
जब शहरमा सबैभन्दा फोल्डिङ सिट भएको सिटलाई २५० सम्म पर्थ्यो भने अहिले यो बहुप्रतिक्षित फिल्मका लागि ६०० भन्दा बढी तिर्ने गरेका छन् । एक टिकटका लागि लाइन बसेका एक व्यक्तिले भने,‘ वास्तवमा कालोबजारीहरुले अहिले जहाँपनि १ हजारदेखि ४ हजारसम्म एउटा टिकटको लागि पर्ने गरेको छ, जुन एकदमै पागलपनवाला माग हो ।’
The post बाहुबलीको टिकटका काट्न ३ किमी लाइन appeared first on Sajha Post.