Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

क्रुद्ध बने ऋषि कपुर, प्रियंकाको पार्टीमा जाने तर बिनोदलाई बिदाई गर्न नजाने ?

$
0
0

मुम्बई, १५ वैशाख । ऋषि कपुर सामाजिक सञ्जालमा आफ्नो कडा स्टाटसका लागि चर्चित छन् । यसपटक उनी नयाँ पुस्ताका बलिउड स्टारहरुप्रति क्रुद्ध बनेका छन् ।

उनले ट्वीट गरेका छन्, ‘शर्मनाक । यो पुस्ताका एकजना पनि अभिनेता बिनोद खन्नाको अन्तिम संस्कारमा सहभागी भएनन् । उनीहरु पनि आएनन् जसले उनीसँगै काम गरेका थिए । मान्छेको इज्जत गर्न सिक्नुपर्छ ।’

उनले अर्को ट्वीटमा लेखे, ‘यस्तो किन ? म आफ्नो मृत्यूको लागि तयार हुनुपर्छ, कोही पनि मलाई काँध थाप्न आउनेछैनन् । अहिलेका तथाकथित स्टारहरुसँग एकदमै क्रुद्ध छु ।’

कपुरले अगाडि लेखे, ‘जस्तो कि सामाजिक सञ्जालमा पहिले पनि भनिएको छ, म, मेरी पत्नी र रणविर देशभन्दा बाहिर छौं तर पनि हामी त्यहाँ जरुर पुग्नेछौं । म रिसाएको छु, गएराति प्रियंका चोपडाको पार्टीमा एकदमै धेरै मासिन गएका थिए । त्यसमध्ये केही मात्र मानिसहरु बिनोद खन्नाको अन्तिम संस्कारमा गएका थिए । सबै कुरा एकदमै क्लियर छ ।’

प्रायः मानिसहरुले ऋषि कपुरको भनाईमा सहमति जनाए । भारती दुबेले लेखे, ‘उनीहरुले ट्वीट गर्नेबाहेक केही गरेनन् ।’

चर्चित अभिनेता तथा बीजेपी सांसद बिनोद खन्नाको बुधबार देहान्त भएको थियो । उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले शोक जनाएका थिए । ऋषि कपुरले पनि शोक व्यक्त गर्न ट्वीट गरेका थिए । उनले ट्वीटरमा प्रोफाइल पिक्चरमा बिनोद खन्नाको तस्बिर राखेका थिए ।

The post क्रुद्ध बने ऋषि कपुर, प्रियंकाको पार्टीमा जाने तर बिनोदलाई बिदाई गर्न नजाने ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles