Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘नेशनल एक्टिङ कम्पिटिसन’अब नेपाली टेलिभिजन च्यानलमा पनि !

$
0
0

काठमाडौं, ५ फागुन । भारतीय टेलिभिजन च्यानलहरुमा कलासम्बन्धी विभिन्न चर्चित कार्यक्रम हेर्ने बानी परेका दर्शकहरुका लागि अब नेपाली टिभी च्यानलमा पनि उक्त अवसर प्राप्त हुने भएको छ ।

अभिनयतर्फ देशकै पहिलो रियालिटी शो ‘नेशनल एक्टिङ कम्पिटिसन’ बिहीबार (आज) देखि टेलिभिजनका दर्शकहरुले पनि हेर्न पाउने भएका छन् । उक्त प्रतिस्पर्धा इमेज च्यानलबाट अब हरेक बिहीबार बेलुका ८:२० मा प्रसारण हुने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

प्रतियोगितामा जजको भूमिकामा भने चर्चित अभिनेता दायाहाङ राई, अभिनेत्री ऋचा शर्मा र कलाकार अनुप बराल छन् । देशको कुनाकाप्चामा लुकेर रहेका अभिनयका प्रतिभा प्रस्फुटित गराउने उद्देश्यले सुरु भएको प्रतिस्पर्धा १३ सातासम्म चल्नेछ ।

बिहीबार प्रसारण हुने पहिल एपिसोडमा अडिसन राउण्डका झलकहरु देखाइने आयोजकले जनाएको छ । अडिसनबाट छानिने ५० जना प्रतिस्पर्धीलाई टप २५, टप १५, टप ८ हुँदै विजयी छनिने आयोजक संस्थाकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले बताइन्। अडिसनबाट छानिएका प्रतिस्पर्धीहरुलाई अनुप बराल, विक्रम परियार, देव न्यौपाने, दिया मास्केलगायतले प्रशिक्षण दिनेछन् ।

प्रतियोगिताको विजेतालाई चलचित्र, म्युजिक भिडियो, विज्ञापन लगायतमा अभिनय गर्ने अवसर दिइनुका साथै नगद पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ।

The post ‘नेशनल एक्टिङ कम्पिटिसन’ अब नेपाली टेलिभिजन च्यानलमा पनि ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles