मुम्बई । भारतीय सुपरस्टार शाहरुख खान आजकाल असहज परिस्थितिबाट गुज्रिरहेका छन् । उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । उनले फिल्म ‘रईस’ को प्रचारप्रसारको क्रममा रेल वे स्टेशनमा हंगामा भएको थियो र एक युवकको ज्यान समेत गएको थियो । त्यसैबेला शाहरुखविरुद्ध मानिसहरुले चर्को विरोध गरेका थिए ।
राजस्थानको एक अदालतमा दंगा भड्काएको र सरकारी सम्पतिमा नोकसान पुर्याएको भन्दै शाहरुखमाथि मुद्दा दायर भएको बताइएको छ । यो मामला मात्र फिल्मको प्रोमोशनसँग सम्बन्धित छ ।
शाहरुख फिल्म प्रोमोशनका लागि मुम्बईदेखि दिल्लीसम्म रेलयात्रा गरेका थिए । सोही क्रममा उनले स्टेशनबाट प्रशंसकहरुलाई अभिवादन समेत गरेका थिए ।
केही रेल वे स्टेशनमा मानिसहरुको भीड लागेको थियो । भीड सम्हाल्न प्रहरीले लाठी चार्ज नै गर्नु परेको थियो । सोहीबखत एक फूड ट्रलीको सामान पल्टेर सामानहरु सबै पोखिएको थियो । र, ड्राइभर पनि घाइते भएका थिए । यसैकारण उनले अदालतमा मुद्दा दायर गरेका हुन् ।
अहिले यो मुद्दा अदालतमा पुगेको छ । सुनुवाई भने हुन बाँकी नै छ ।
The post शाहरुखविरुद्ध अदालतमा मुद्दा दायर, सरकारी सम्पतिमा नोक्सान पुर्याएको आरोप appeared first on Sajha Post.