Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

धुर्मुस-सुन्तलीले मुसहर बस्तीमै यसरी मनाए भ्यालेन्टाइन (फोटोफिचर)

$
0
0

महोत्तरी, ३ फागुन । तेस्रो एकीकृत बस्ती निर्माणमा जुटेका कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मुसहर बस्तीमै प्रेम दिवस मनाएका छन् ।

प्रेम सम्बन्धबाट वैवाहिक जीवनमा प्रवेश गरेका उनीहरुले एकीकृत नमूना मुसहर बस्तीमा श्रमदान गरेर दिवस मनाएका हुन् । मुसहरहरुसँग पनि प्रेम साटासाट गर्न भ्यालेन्टाइनमा श्रीमान-श्रीमती नै बस्तीमा पुगेको उनीहरुले बताएका छन् ।

व्यस्तताका कारण मायाप्रेमका लागि खासै फुर्सद नभएकाले मुसहरहरुसँगै काम गर्दै दिवस मनाउन लागेको उनीहरुको भनाइ छ । प्रगाढ प्रेमकै कारण सामाजिक काममा पनि मन एक भएको भन्दै उनीहरुले एक अर्काप्रतिको विश्वास भए असम्भव केहि नभएको बताएका छन् ।

पहिलेका प्रेम दिवसभन्दा यसपालीको प्रेम दिवस अझै विशेष बनेको महशुस भएको सिताराम कट्टेलले बताएका छन् । मुसहरहरुको माझमा रहेर उनीहरुको दुख पिडालाई भुलाउने अर्थात् कम गर्ने अभियानमा सरिक भएर प्रेम दिवस मनाउन पाउँदा निकै खुशी लागेको कुञ्जना घिमिरे बताएकी छन् । मन मिलेमा प्रेमको लागि कुनै दिवसको आवश्यकता नपर्ने बताउँदै उनीहरुले सामाजिक काम पनि प्रेमकै एउटा स्वरुप रहेको धारणा राखेका छन् ।

The post धुर्मुस-सुन्तलीले मुसहर बस्तीमै यसरी मनाए भ्यालेन्टाइन (फोटोफिचर) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles