माघ, काठमाडौं । अभिनेता राजेश हमालले अभिनय गरेको ‘हामी तिन भाई’ चलचित्रलाई थुप्रै दर्शकले मन पराए । उक्त चलचित्रमा अभिनय गरिसकेपछि उनलाई दर्शक माझ चिनिनका लागि अझ धेरै सजिलो भयो ।
अहिलेसम्म तिनसय वटा चलचित्रमा अभिनय गरिसकेका राजेश सोमबार नुवाकोटको चारघरे ५, बाँझोबारीमा राद्राक्ष युवा क्लबले निर्माण गरेको रुद्रकाली देवी मन्दिरको समुद्घाटन तथा क्लब भवनको शिलान्यास गर्न पुगेका थिए । त्यसै समयमा आफ्नै जस्तै कपाल भएका दुई युवालाई देखेपछि उनले फेरी ‘हामी तिन भाई’ चलचित्र बनाउने इच्छा राखे ।
बिहान १० बजे शुरु हुने भनिएको कार्यक्रम शुरु हुँदा करिब २ बज्न लागिसकेको थियो । बिशिष्ठ अतिथिको रुपमा सो कार्यक्रममा पुगेका राजेशलाई स्थानीयले फुलमालाले भब्य स्वागत गरे । साथै राजेश सँगै बिशिष्ठ अतिथिमा निर्माता तथा निर्देशक तुलसी घिमिरे पनि सँगै थिए ।
राजेशले आफूलाई मन्दिर जस्तो पवित्र भवनको समुद्घाटनमा बोलाइदिनुभएकोमा धेरै धेरै धन्यवाद भन्दै केहि रमाइलो कुरा गरे । क्लबकै अध्यक्ष र अर्का पदाधिकारीलाई अगाडि बोलाएर आफ्नो जस्तै कपाल भएको भन्दै अब फेरी ‘हामी तिन भाई’ चलचित्र बनाउनु पर्ला भन्दै हँसाए । गाउँमा यतिठुलो पुण्य कमाउने काम गर्ने युवाहरुसँग मिलेर चलचित्र बनाउन पर्लाजस्तो छ भन्दै उपस्थित स्थानीय दर्शकलाई मज्जैले हँसाएका थिए ।
तस्बिर: गोपीकृष्ण
The post हमालले आफ्नो जस्तै कपाल भएका युवालाई लिएर फिल्म बनाउन लागेकै हुन् त ? appeared first on Sajha Post.