Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

१२ औं मिस नेवाको उपाधि इशु श्रेष्ठलाई

$
0
0

काठमाडौं, २७ माघ । ‘१२ औं नेपाल टेलिकम मिस नेवाः ११३७’ को उपाधि इशु श्रेष्ठले जितेकी छन् । नेप्लिज फेशन होमद्धार बुधबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजित सो प्रतियोगितामा आफ्ना २७ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेवाको इशुले ताज जितेकी हुन् । उपाधिसँगै उनले आइएमईका तर्फबाट ३० हजार रुपैयाँ र सालिमार ज्वेलरका तर्फबाट चाँदीका ताज तथा विभिन्न उपहार प्राप्त गरिन् ।

सो प्रतियोगितामा २० हजार रुपैयाँ र विभिन्न उपहार सहित फस्ट रनरअपको उपाधि ओजस्वी श्रेष्ठले हासिल गरिन् । यस्तै १५ हजार रुपैयाँ र विभिन्न उपहार सहित सेकेन्ड रनर अपको उपाधि सृष्टी खड्गीले पाइन् ।

अन्य विभिन्न उपाधि तर्फको प्रतिस्पर्धामा रोज महर्जन मिस ट्यालेन्ट, ओमिजिना महर्जन बेस्ट नेपाल भाषा, आज्ञा कारञ्जित बेस्ट ड्रेस, मोनिमा खड्गी मिस एलिगेन्ट घोषित भए ।

यस्तै बिनिता डंगोलले मिस फ्रेन्डसिप, रोश्ना श्रेष्ठले मिस चार्मिङ, क्रिजना डंगोलले बेस्ट स्माइल र सामाजिक सद्भाव राजदुत, लेनिना बज्रचार्यले बेस्ट स्किनको उपाधि जिते । समीता श्रेष्ठले बेष्ट हेयर, मिस डिसिप्लेन सलिना श्रेष्ठ, मिस पर्सनालिटी पल्पसा श्रेष्ठ, मिस पब्लिक च्वाइस ओमिजिना महर्जन र मिस सोसियल वेलफेयर एम्बेस्डर समिता श्रेष्ठ, मोरिना मानन्धर घोषित भए ।

The post १२ औं मिस नेवाको उपाधि इशु श्रेष्ठलाई appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles