Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

घामपानीको ‘पंक्षी’बोलको गीत सार्वजनिक

$
0
0

काठमाडौं, २५ माघ । फिल्म समिक्षक दीपेन्द्र लामा निर्देशित फिल्म ‘घामपानी’मा समावेश ‘पंक्षी’ बोलको गीत यू-ट्युबमार्फत सार्वजनिक भएको छ ।

गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको छ । लामो समय पत्रकारिता र फिल्म समिक्षामा बिताएका समिक्षक लामा ‘घामपानी’ मार्फत निर्देशनको रुपमा आएका हुन् ।

दयाहाङ राई र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा बुद्धि तामाङ, अंकित खड्का, प्रकाश घिमिरे आदि कलाकारले अभिनय गरेका छन् । सार्वजनिक गीतमा पनि दयाहाङ राई र केकीको फिचरिङ छ भने गीतको कोरियोग्राफी पनि केकीले नै गरेकी हुन् ।  फिल्म बैशाख १ गतेबाट रिलिज हुँदैछ ।

भिडियो हेर्नुहोस्:

The post घामपानीको ‘पंक्षी’ बोलको गीत सार्वजनिक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles