काठमाडौं, २७ माघ । बलिउड अभिनेता ऋषि कपुर र रणधीर कपुरका भाइ राजिव कपुरको निधन भएको छ । कपुरको मंगलबार दिउँसो हृदयघातका कारण ५८ वर्षको उमेरमा घर नजिकैको अस्पतालमा निधन भएको हो ।
उनले हिन्दी सिनेमामा अभिनेता, निर्माता र निर्देशकको रुपमा काम गरेका थिए । उनले सन् १९८३ मा रिलिज भएको फिल्म ‘एक जान हे हम’ बाट सिल्भर स्क्रिनमा अभिनेताको रुपमा डेब्यू गरेका थिए । सन् १९८५ मा रिलिज भएको फिल्म राम तेरी गंगा मैलीमा राजिवले मुख्य भूमिका निर्वाह गरेका थिए ।
बलिउड गायिका लता मंगेशकरले ट्वीटरमा राजिव कपुरको निधनमा शोक व्यक्त गरेकी छिन् । ‘मैले भर्खरै थाहा पाएँ कि राज कपूर साहबका कान्छा छोरा, गुणी अभिनेता राजिव कपुरको आज स्वर्गवास भयो । सुनेर मलाई असाध्यै राम्रो लाग्यो । ईश्वरले उनको आत्मालाई शान्ति प्रदान गरुन् । यही मेरो प्रार्थना हो ।’ उनले ट्विटमा लेखेकी छन् ।
Mujhe abhi pata chala ki Raj Kapoor sahab ke chote bete, guni abhineta Rajiv Kapoor ka aaj swargwas hua. Sunke mujhe bahut dukh hua.Ishwar unki aatma ko shanti pradan kare yehi meri prarthana.
— Lata Mangeshkar (@mangeshkarlata) February 9, 2021
The post रहेनन् अभिनेता राजिव कपुर appeared first on Sajha Post.