Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

ओलीको समर्थनमा वलीको गीत- फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई

$
0
0

काठमाडौं, ३ पुस । गायिका तथा सञ्चारकर्मी हुँदै पछिल्लो समय राष्ट्रियसभा सदस्य बनेकी कोमल वलीले प्रधानमन्त्री केपी ओलीको समर्थन र प्रसंशामा नयाँ गीत सार्वजनिक गरेकी छिन् ।

प्रधानमन्त्री ओलीको बिषयमा ‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीतमा ओलीको प्रसंशा र आवश्यकतामा केन्द्रित रहेर शब्द तथा दृश्यहरु चयन गरिएका छन् । साई भिजनले निर्माण गरेको भिडियो गीतमा संगीत संयोजना बिनोद बाजुरालीले गरेका छन् ।

‘फेरि पनि ल्याउनु पर्छ केपी ओलीलाई’ बोलको गीतमा ओली व्यक्ति नभई विचारको खानी भएको उल्लेख गरिएको छ ।

गायिका तथा संसाद कोमल वलीको समेत स्वर रहेको गीत फौद बहादुर बस्नेतले बनाएका हुन् ।

गीतमा ओलीलाई फौद बहादुर बस्नेत र ध्रुवराज धितालसमेतको स्वर रहेको गीतमा ओलीलाई नेपालीको ढुकढुकी र भरोसाको त्यान्द्रोको रुपमा चित्रित गरिएको ।

The post ओलीको समर्थनमा वलीको गीत- फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles