काठमाडौँ, २ माघ । के माया लाग्छ र ?, तीनपातेु र याक्थुङ्मा कान्छीको सफलता पछि आर्टमाण्डुले तिमी नै तिमी बोलको गीत सार्वजनिक गरेको छ। अञ्जना बरैली र दिपक घिमिरेको अभिनय रहेको उक्त गीतमा रिकेश गुरुङको शब्द, स्वर र संगीत रहेको छ ।
बजारमा चल्दै आएका अन्य प्रेम भाव बोकेका गीत भन्दा तिमी नै तिमीमा शास्त्रिय संगीतका केही पक्ष छुने जमर्को गरेकोले यो कोशेली दर्शक र श्रोताहरुले पक्कै मनपराउने संगीतकार गुरुङले बताए ।
त्यस्तै अञ्जना बरैली भन्छिन् ‘मेरो विचारमा तिमी नै तिमी मा गीत र भिडियो दुबैले एक अर्कालाई एकदमै साथ दिएका छन्। भिडियो हेर्दा जतिआनन्द आउने खालको छ, गीत उत्तिकै मोहक छ।’
The post रिकेशको शब्द, स्वर र संगीतमा ‘तिमी नै तिमी’, हेर्नुहोस् भिडियो appeared first on Sajha Post.