काठमाडौँ, २४ मंसिर । बलिउडका चर्चित अभिनेता हुन् साहिद कपुर । फिल्म कबिर सिंह हिट भएपछि उनको बलिउडमा डिमाण्ड बढेर गएको छ । उनले अब गर्न लागेको फिल्म पनि रिमेक रहेको छ ।
उक्त फिल्म हो जर्सी ।
दक्षिण भारतीय फिल्म जर्सीलाई बलिउडमा पनि रिमेक गर्न लागिएको हो ।
फिल्म गर्नुको कारणबारे साहिदले प्रतिक्रिया दिएका छन् ।
उनले भनेका छन्, ‘मैले रिमेकभन्दा पनि ओरिजिनल फिल्म गर्न इच्छा देखाएको थियो । तर, जब यो फिल्म मैले हेरे तब म चारपटकसम्म रोएको थियो । यो फिल्मले मलाई यति धेरै छोयो कि मैले नाइ भन्नै सकिन । यो फिल्मले सबैको मनलाई छुन्छ ।’
‘यो फिल्म कबिर सिंहभन्दा धेरै फरक छ । चरित्र पनि उत्तिकै भिन्न छ ।’ उनले भने ।
यो फिल्म अगस्ट २८, २०२० मा रिलिज हुनेछ ।
The post ‘यो फिल्म हेरेपछि म धेरैपटक रोएको छु’ appeared first on Sajha Post.