Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘मिस युनिभर्स २०१९’को ताज दक्षिण अफ्रिकी युवती जोजिबीनी तुन्जीलाई

$
0
0

एजेन्सी, २३ मंसिर । एटलान्टामा आइतबार सम्पन्न विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा मिस युनिभर्सको ताज दक्षिण अफ्रिकी युवती जोजिबीनी तुन्जीले जितेकि छन् ।

एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित  प्रतियोगितामा तुन्जीले  ९० भन्दा बढी प्रतियोगीलाई हराउँदै मिस युनिभर्स बनेकी हुन्  ।

२६ वर्षीया जोजिबीनीले महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा मिस युनिभर्सको ताज जितेकी हुन्  ।

तुन्जीले आफ्नो समापन भाषणमा भनेकी थिइन्-‘म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र मेरो कपालको बनावट भएकी एउटी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ ।’

सन् २०१८ की  मिस युनिभर्स फिलिपिन्सकी क्याट्रिओना ग्रेले  तुन्जीलाई युनिभर्सको ताज लगाइ दिएकी थिइन् ।

The post ‘मिस युनिभर्स २०१९’ को ताज दक्षिण अफ्रिकी युवती जोजिबीनी तुन्जीलाई appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles