काठमाडौँ, २३ मंसिर । गएको हप्ता रिलिज भएका दुई फिल्म पति पत्नी और वो र पानीपथले बक्स अफिसमा कमाई गरिराखेका छन् ।
मिडिया रिपोर्टका अनुसार पति पत्नी और वो ले २२ करोेडभन्दा बढीको कमाई गर्न सफल भएको छ । यस फिल्ममा कात्तिक आर्यन, भुमि पेडेकरको प्रमुख भुमिका रहेको छ ।
कमेडी जनराको यस फिल्मले तीन दिनमा २२ करोड कमाई गरिरहँदा पानीपथले भने पानी पनि भन्न पाएको छैन ।
यो फिल्मले हालसम्म ९ करोडको कमाई गरेको छ ।
फिल्म समिक्षकहरुले राम्रै रिभ्यु गरे पनि यस फिल्मले बक्स अफिसमा कमाई गर्न सकेको छैन ।
संजय दत्त, अर्जुन कपुरको प्रमुख भुमिका रहेको यस फिल्मले लगानी पनि नउठाउने पक्का भएको बताइएको छ ।
The post यी दुई फिल्मको कमाई कति ? appeared first on Sajha Post.