Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

दिन फेरिए: आयुष्मानसँग धर्मा प्रोडक्सन काम गर्न इच्छुक

$
0
0

काठमाडौँ, २२ मंसिर । बलिउडका चर्चित अभिनेता हुन् आयुष्मान खुराना । उनले पछिल्लो समय अभिनय गरेका सबै फिल्मले बक्स अफिसमा सानदार कमाइ गर्न सफल भएका छन् । अब उनले करन जोहरको फिल्ममा काम गर्ने भएका छन् । करन जोहरले कमेडी रोमान्स फिल्म बनाउन लागेका हुन् ।

आफ्ना पुराना दिन सम्झिदै उनले भनेका छन्, ‘सुरुका दिन मैले करन जोहरसँग सिधै प्रस्ताव राख्दा फिल्मबाट रिजेक्ट भएको थिए । तर, आज धर्मा प्रोडक्सनले मलाई डाइरेक्ट अफर गरेको छ ।’

केही दिन अगाडि रिलिज भएको उनको फिल्म बालाले बक्स अफिसमा १०० करोडभन्दा बढीको कमाइ गर्न सफल भएको थियो । उनको फिल्म शुभ मंगल ज्यादा रिलिजको तयारीमा रहेको छ ।

फरक धारको फिल्म गर्न चाहने उनलाई पछिल्लो समय फिल्महरुको ओइरो नै लागेको छ ।

The post दिन फेरिए: आयुष्मानसँग धर्मा प्रोडक्सन काम गर्न इच्छुक appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles