काठमाडौँ, ४ मंसिर । गएको हप्ता रिलिज भएको फिल्म मरजावानले बक्स अफिसमा ठिकठाक कमाइ गरेको छ ।
पहिलो दिन ७ करोडको कमाई गरेको यो फिल्मले दोस्रो दिन पनि सात करोडको कमाइ गरेको थियो ।
तेस्रो दिन भने यस फिल्म ११ करोडको कमाइ गरेको थियो ।
हालसम्म यस फिल्मले २९ करोडको कमाइ गरेको छ ।
सिद्धार्थ मलोहत्रा र रितेशको प्रमुख भुमिका रहेको यस फिल्ममा तारा सुतरिया पनि रहेकी छिन् ।
रितेश यस फिल्ममा भिलेनको भुमिकामा देखिएका छन् ।
पछिल्लो समय सिद्धार्थका फिल्महरुले बक्स अफिसमा खासै गतिलो कमाइ गर्न सकेका छैनन् । यो फिल्मलाई पनि आयुष्मान खुरानाको फिल्म बालाले प्रभाव पारेको बताइएको छ ।
The post फिल्म ‘मरजावान’को बक्स अफिसमा ठिकठाक कमाइ appeared first on Sajha Post.