काठमाडौँ, ३ मंसिर । सलमान खानको फिल्म दबंग ३ रिलिजको दिन कुरेर बसेको छ ।
यस फिल्मबारे नयाँ नयाँ कुराहरु बाहिर आएको छ । मिडिया रिपोर्टका अनुसार यस फिल्ममा सलमान खानले गीत गाउने भएका छन् ।
यसअघि पनि सलमान खानले आकलझुकल गीत गाउँदै आइरहेका थिए । यसअघि उनले फिल्म हिरोमा गाएका थिए । यसपटक पनि उनलाई गीत गाउनका लागि आग्रह गरेपछि उनले पनि इच्छा देखाएका हुन् ।
The post फिल्म ‘दबंग ३’ मा सलमान खानले गीत गाउने appeared first on Sajha Post.