काठमाडौं, २१ कात्तिक । चलचित्र निर्माता गोविन्द शाहीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ ।
काठमाडौं जिल्ला अदालतले चलचित्र निर्माणका क्रममा एक करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ पूर्जी जारी गरेपछि शाही बिहीबार पक्राउ परेका हुन् ।
शाही चलचित्र ‘लिलिबिलि’ का निर्माता हुन् । शाहीसहित तीन जनाको समूहले एक वर्षअघि ‘लिलिबिली’ निर्माण गरेका थिए।
शाहीलाई बिहीबार नै कालिमाटी वृत्तको जिम्मा लगाइएको छ। यसअघि ४ भदौमा पनि उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले पक्राउ गरेको थियो ।
The post चलचित्र ‘लिलिबिली’का निर्माता गोविन्द शाही पक्राउ appeared first on Sajha Post.