Image may be NSFW.
Clik here to view.
काठमाडाैं, १९ कात्तिक । चर्चित सांगीतिक ब्याण्ड १९७४ एडीको सांगीतिक कन्सर्ट यही कार्तिक २३ गते काठमाडौंमा हुने भएको छ ।
मंगलबार कीर्ति ईभेन्टले पत्रकार सम्मेलन गरी सो कन्सर्ट कीर्तिपुरको खेल मैदानमा हुने जानकारी गराएको हो ।
कन्सर्टमा चर्चित ब्याण्ड कुटुम्ब र चर्चित गायक रोहित जोन क्षेत्रीको पनि सांगीतिक प्रस्तुति रहनेछ । कन्सर्टमा टिकटको मूल्य प्रि सेल ३ सय, डोर सेल ५ सय र भिआईपी सेल १ हजार रहेका छन । कार्यक्रम यही शनिबार अपरान्ह ३ बजेबाट सुरु हुनेछ ।
The post चर्चित सांगीतिक ब्याण्ड १९७४ एडीको कन्सर्ट कीर्तिपुरमा appeared first on Sajha Post.