काठमाडौं, १९ कात्तिक । बहुप्रतिक्षित बलिउड चलचित्र ‘पानीपत’ को ट्रेलर सार्वजनिक भएको छ ।
‘पानीपत’ मा संजय दत्त, अर्जुन कपूर र कृति सेननले प्रमुख भूमिका निभाएका छन् । फिल्मको ट्रेलर हेर्दा तीनै जनाले आ-आफ्नो भूमिका उत्कृष्ट तरिकाले निभाएको प्रस्ट हुन्छ ।
विशेषगरी अहमद शाह अब्दालीको भूमिका रहेका दत्तले फिल्मको ट्रेलर थप रोचक देखिन्छ ।
ट्रेलर हेर्दा ऐतिहासिक पात्र अब्दालीको गेटअपमा दत्त पूरा डुबेको देख्न सकिन्छ । उनको लुकले वास्तवमा नै उनी एउटा कुशल योद्धाको भूमिका निभाउन सफल भएको प्रस्ट हुन्छ ।
त्यस्तै यो फिल्ममा अर्जुन कपूरले सदाशिव राव भाउको भूमिका निभाएका छन् । साथै कृति सेननलाई मराठा महारानीको भूमिका देख्न सकिन्छ ।
यो चलचित्र सदाशिव राउ भाउको नेतृत्वमा रहेको मराठा साम्राज्य र अफगानी राजा अहमद शाह अब्दालीबीच पानीपतमा भएको ऐतिहासिक युद्धमा आधारित छ ।
यस्तो छ ट्रेलरः
The post ‘पानीपत’ को ट्रेलर सार्वजनिक, संजय दत्त नयाँ लुकमा (ट्रेलरसहित) appeared first on Sajha Post.