काठमाडौँ, २० कात्तिक । पछिल्लो समय अभिनेत्री आलिया भटलाई फिल्महरुको ओइरो नै लागेको छ । उनीलाई अफरअफरै आइरहेका छन् । उनलाई अब बलिउडबाट मात्र नभइ हलिउडबाट पनि अफर आएको छ ।
मिडिया रिपोर्टका अनुसार दीपिका, प्रियंका र ऐश्वर्यापछि उनले हलिउडमा डेब्यु गर्ने चर्चित अभिनेत्रीको सुचीमा पर्दैछिन् । फिल्म सडक २, आरआरआर, ब्रम्हास्त्र, गंगुबाली कथियावाडीमा उनी व्यस्त रहेकी छिन् ।
उनलाई कुन फिल्मका लागि अफर गरिएको त्यसबारे भने केही खुलाइएको छैन ।
तर, हलिउडमा झ्याप्पै हाम फाल्ने मनसायमा उनी नरहेको बताइएको छ ।
पछिल्लो समय बलिउड अभिनेत्रीहरु हलिउड फिल्ममा सक्रिय हुन थालेका छन् । अर्की अभिनेत्री हुमा कुरेसीले पनि हलिउडमा डेब्यु गर्दैछिन् । उनले ज्याक सनाइडरको आर्मी अफ द डेढमा काम गर्न लागेकी हुन् ।
The post आलियालाई हलिउडबाट पनि अफर appeared first on Sajha Post.