काठमाडौं, १७ कात्तिक । नायिका ऋचा शर्मा यो वर्ष वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । भर्सटायल अभिनेत्रीको रुपमा स्स्थापित शर्माले पोखरामा ब्याचलर पार्टी दिएको खुलासा भएको छ ।
‘भिसा गर्ल’, ‘आधा लभ’, ‘सुनकेसरी’ लगायत थुप्रै फिल्ममा अभिनय गरेकी ऋचा सार्वजनिक भएको तस्बिरमा एकदम खुसी देखिन्छिन् ।
राजधानीमा रहेको लबिम मलका म्यानेजर दिपेक्ष्य राणाको प्रेममा रमाइरहेकी शर्माले आउँदो मंसिरमा लगनगाँठो कस्न लागे पनि विवाहकै मिति भने सार्वजनिक गरिएको छैन । ऋचाले केही समयअघि आफूलाई परिवारबाट विवाहको लागि दबाव आइरहेको बताएकी थिइन् ।
पोखरामा दिएको ब्याचलर पार्टीमा उनले आफ्ना निकटष्ठ साथीहरुलाई निम्ता दिएकी थिइन् । पार्टीमा अभिनेत्री द्वय प्रियंका कार्की, केकी अधिकारी, फेसन डिजाइनर सिवांगी प्रधानलगायत उपस्थित थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएको एक तस्बिरमा दुलहीझैं सिंगारिएकी शर्माको हात समाइरहेका प्रियंका र केकी देखिएका छन् ।
The post बिहे गर्दै नायिका ऋचा शर्मा, पोखरामा दिइन् ब्याचलर पार्टी appeared first on Sajha Post.