एजेन्सी, १४ साउन । ऐश्वर्या रायसँग ब्रेकअपपछि सलमान खानले २००५ मा एकजना नयाँ अभिनेत्रीलाई बलिउडमा ल्याएका थिए जो हुबहु एश्वर्या जस्तै नै थिइन् । जब दर्शकले उनलाई पर्दामा देखे तब हैरान भएका थिए ।
ती अभिनेत्री अरु कोही नभएर ‘लकी नो टँइम फर लभ’ बाट बलिउडमा डेब्यु गर्ने स्नेहा उलाल हुन् । फिल्मले बक्सअफिसमा खासै कमाइ त गर्न सकेन तर ऐश्वर्यासँग अनुहार मिल्ने भएको कारण स्नेहाले चर्चा भने खूब बटुलेकी थिइन् । उनी २०१४ मा एउटा तामिल फिल्ममा देखा परिन् त्यसपछि त पुरै फिल्मी दुनियाँबाट नै गायब भइन् ।
उनी फिल्मबाट टाढा हुनुको पछाडी उनको गम्भिर रोग रहेको सुन्नमा आएको छ । पछिल्लो वर्ष एक अन्तरवार्तामा स्नेहमा वितेका चारवर्षदेखि आफु गम्भिर विमारीसँग जुधिरहेको बताएकी थिइन् । उनलाई इम्यून डिसअर्डर भएको छ । रगतसँग जोडिएको यस रोगका कारण मानिसको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ ।
विमारीका कारण स्नेहा ३० देखि ४० मिनेटसम्म पनि आफ्नो खुट्टामा उभिन सक्दिनन् ।
केही सन्चो भएपछि उनी २०१७ मा रोमान्टिक म्युजिक भिडियो ‘इश्कवाली बारिश’ मा देखा परेकी थिइन् ।
बलिउडमा चलेको हल्ला अनुसार सलमानले स्नेहालाई उनको पूर्व प्रेमिका ऐश्वर्यालाई विस्थापन गर्नका लागि लन्च गरेका थिए ।
The post सलमानले ऐश्वर्यालाई विस्थापन गर्न ल्याएकी नायिकालाई बहिर्गमन गराउने बिरामी appeared first on Sajha Post.