एजेन्सी, १५ साउन । भारतीय संगित क्षेत्रका मूर्धन्य कलाकार मोहम्मद रफीको आज पुन्य तिथि परेको छ । उनले आजकै दिन ३१ जुलाईमा पृथ्वी छोडेका थिए ।
गायक शब्दले मात्र उनको वृहत व्यक्तित्वलाई समेट्न सक्दैन । उनको जीवनका कैयौं पाटा त्यस्ता छन् । जसले उनलाई एक महान् व्यक्तित्वकोरुपमा खडा गरेको छ ।
मोहम्मद रफीले १९६२ चीन र भारत युद्धमा गीतको माध्यमबाट चीनविरुद्ध युद्ध गरेका थिए । यो सुन्दा अचम्म लाग्न सक्छ तर वास्तवमा उनी चीनकोविरुद्ध युद्ध लडिरहेका भारतीय सैनिकहरुको हौसला बढाउनका लागि युद्धको मैदानमा उत्रेका थिए । रफीको जीवनी अनुसार जब यी दुई देशबीच युद्ध भैरहेको थियो, तब १४ हजार फुटको उचाईमा पुगेर उनले देशभक्तिपूर्ण गीत गाएर सैनिकहरुको हौसला बढाएका थिए । उनी यो देनको इतिहास आज पनि भारतको इतिहासमा दर्ता भएको छ ।
पन्जाबस्थित कोटला सुल्तान सिंह गाउँमा २४ डिसेम्बर १९२४ मा हाजी अली मोहम्मदको परिवारमा उनको जन्म भएको थियो । गल्लीमा फकीरहरुको गीत सुनेर उनले गाउन सिकेका थिए ।
मोहम्मद रफीको ३१ डिसेम्बर १९८० रमजानको महिनामा निधन भयो । उनको निधनको दिन मुम्बाईमा निकै ठूलो वर्षा भएको थियो भनिन्छ, उनको अन्तिम यात्राको रेकर्डिङ बलिउड फिल्ममा प्रयोग पनि भएको छ ।
रफीले अधिकतर गीतहरु लक्ष्मीकान्त प्यारेलालको संगितमा गाए । उनले फिल्ममा लगभग ३६९ र सोलो गीत १८६ वटा गाएका छन् ।
भनिन्छ रफी कहिले पनि गीत गाउन अघि कुनै पनि संगितकारसँग पैसाको कुरा गर्दैन थिए । यहाँसम्म कि कहिलेकहिँ उनले मात्र एक रुपैंयामा पनि गीत गाएका छन् ।
The post एक रुपैंयामा गाउने मोहम्मद रफीले यसरी गरेका थिए चीनविरुद्ध युद्ध appeared first on Sajha Post.