काठमाडौं, १४ साउन । नेपाली फिल्म क्षेत्रमा छुट्टै ब्राण्ड बनाउन सफल ‘छक्का पन्जा’ चलचित्रको तेस्रो भाग ‘छक्का पन्जा ३’को ‘पहिलो नम्बरमा’ गीत सार्वजनिक भएको छ ।
आगामि दशैंमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को गीतको कौतुहलतालाई मेट्दै फिल्ममा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
लोकलयमा रहेको गीतमा दीपक शर्माले संगीत दिएका छन् । विन्दु परियार र डेभिड शंकरको स्वर रहेको गीतलाई राजेन्द्र थापाले लेखेका हुन् भने कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
यो गीतमा चलचित्रका अधिकाँश कलाकारलाई देख्न सकिन्छ । मुख्य कलाकारहरु निर्माता दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ, स्वस्तिमा खड्का, वर्षा राउतको साथमा निर्देशक दीपाश्री निरौलालाई पनि देख्न सकिन्छ ।
दिपाश्री निरौलाले निर्देशन गरेको ‘छक्का पन्जा ३’ मा दिपा र दीपकको लगानी छ ।
The post ‘छक्का पन्जा ३’ को ‘पहिलो नम्बरमा’ गीत सार्वजनिक(भिडियोसहित) appeared first on Sajha Post.