Image may be NSFW.
Clik here to view.
एजेन्सी, ११ साउन । बलिउडकी अभिनेत्री प्रियंका चोपडाले सलमान खानको ठूलो बजेटको फिल्म ‘भारत’ लाई छोडेर आफ्नो फ्यानहरुलाई एउटा सप्राइज दिएकी छिन् । खबरहरुको अनुसार उनले आफ्नो ब्वाइफ्रेण्ड निक जोनससँग एंगेजमेन्ट गरेकी छिन् ।
पिपल्स वेभसाइटको स्रोत अनुसार निक जोनसले न्यूयोर्क शहरको टिफानी स्टोरबाट प्रियंकाका लागि औठी किनेका थिए । प्रियंका निकसँग दुई महिना अघिदेखि प्रेम सम्बन्धमा थिइन् । खबरहरुको अनुसार प्रियंका निकसँग आगामी अक्टोबरमा विवाह बन्धनमा बाधिँदै छिन् । केही दिन अघि प्रियंका आफैले निकलाई आफ्नो आमासँग भेट गराउन भारत ल्याएकी थिइन् ।
प्रियंका दुईवर्षपछि बलिउडमा फिल्म भारतबाट कमब्याक गर्दै थिइन् तर विवाहको लागि उनले त्यस फिल्मलाई छोडिदिइन् । यो जानकारी फिल्मका निर्देशक अली अब्बास जफर आफैले दिएका हुन् ।
निक प्रियंकाभन्दा ११ वर्ष कान्छो हुन् । उनी अमेरिकी गायकार, गीतकार, कलाकार हुन् ।
The post ब्वाईफ्रेण्डसँग प्रियंकाले चोपडाले गरिन् एंगेजमेन्ट, अक्टोबरमा गर्दैछिन् विवाह appeared first on Sajha Post.