१० साउन । अभिनेता सलमान खान र नायिका कट्रिना कैफ बलिउडमा चर्चित जोडी हो । पूर्व प्रेमी–प्रेमिको रुपमा समेत चर्चित यो जोडीले बलिउडमा कयौं हित फिल्महरु पनि दिइसकेको छ । यो जोडीले अभिनय गरेको पछिल्लो सुपरहिट फिल्म हो ‘टाईगर जिन्दा हे’ । त्यसपछि यो जोडी पुनः देखिँदैछ । यसपटक भने यो जोडी कुनै फिल्ममार्फत नभई एक फेशन शोमा देखिने भएको हो ।
बलिउडमा निकै चर्चित र रुचाइएका स्टार फेशन डिजाईनर मनिष मल्होत्राद्धारा आफ्नो ईन्डो पर्शियन कलेक्सन प्रदर्शन गर्नका लागि आयोजना हुने फेशन शो मा सलमान कट्रिना शो–स्टपरका रुपमा र्याम्पमा हिँड्नेछन् ।
सलमान अहिले अलि अब्बास जफर निर्देशित फिल्म ‘भारत’को सुटिङ्गमा व्यस्त छन् । उता कट्रिना कैफ शाहरुख खानसँग फिल्म ‘जेरो’ को सुटिङ्गमा व्यस्त छिन् ।
The post सलमान र कट्रिना कैफ फेसन शोमा एकसाथ appeared first on Sajha Post.