Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

डेजाभू पुन: विवादित, पूनम पाण्डेको कार्यक्रम रोकिन सक्ने

$
0
0

काठमाडौं, ३१ असार । भारतीय मोडल पूनम पाण्डे शनिबार राजधानीस्थित भृकुटीमण्डपमा देखा परिन् । पाण्डेले रिपोर्टर्स क्लब नेपालमा आफू नेपाल आउनुको कारण र पत्रकारले सोधेको जवाफ दिइन् । उनको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा छाए ।

आइतबार हुने विश्वकप फाइनल खेल हेर्न पाण्डे नेपाल आएकी हुन् । उनलाई दरबारमार्गस्थित क्लब डेजाभुको निमन्त्रणामा नेपाल भित्र्याइएको हो । उनी डेजाभूमा बसेर फाइनल खेल हेर्नेछिन् । तर, उनको कार्यक्रमलाई प्रहरीले रोक लगाउने देखिएको छ । शान्ति सुरक्षाको कारण देखाउँदै प्रहरीले उनको कार्यक्रम रोक्न क्लबका सञ्चालकहरुलाई सचेत गराइसकेको छ ।

पाण्डेको कार्यक्रमका लागि क्लबले अनुमति नलिएको र जबरजस्ती कार्यक्रम गरे पक्राउ गर्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्यक्रमका लागि सिडियो कार्यालयबाट अनुमति लिनुपर्छ ।

यसअघि अमेरिकी डिजे मार्समेलो क्लबमा ल्याउने भन्दै पैसा उठाएको र ल्याउन नसकेका कारण क्लब तोडफोड भएको थियो । पाण्डेका कारण क्लब यतिबेला पुन: विवादमा तानिएको छ ।

The post डेजाभू पुन: विवादित, पूनम पाण्डेको कार्यक्रम रोकिन सक्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles