Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

पाँच सय करोड क्लबमा ‘संजू’

$
0
0

एजेन्सी, ३१ असार । यतिबेला बलिउडमा फिल्म ‘संजू’को चर्चा व्यापक छ । फिल्मका कारण अभिनेता रणबीर कपूरले प्रशंसा बटुलिरहेका छन् ।

बक्स अफिसमा ‘संजू’ले उत्कृष्ट व्यापार गरेको छ । फिल्म रिलिज भएको लगभग १५ दिन भएको छ । यसबीचमा फिल्मले धेरै रेकर्डहरु बनाइसकेको छ ।

फिल्मले भारतमा मात्र तीन सय करोड कमाइसकेको छ । विश्वभरको कलेक्शनलाई आधार मान्ने हो भने यसले पाँच सय करोडको आँकडा पार गरिसक्यो । रिलिजको तीन दिनमै फिल्मले सय करोडको आँकडा छोएको थियो ।

फिल्म व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले इंडियन ग्रस बक्स अफिस कलेक्शन ३७८.४३ करोड भएको छ भने भारतबाहिर १२२ करोड कलेक्शन गरेको छ । यी दुईलाई जोड्दा फिल्मले ५००.४३ करोडको कलेक्शन गरेको छ ।

The post पाँच सय करोड क्लबमा ‘संजू’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles