Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

फुटबल प्रशिक्षक बन्दै अजय देवगन !

$
0
0

एजेन्सी, २९ असार । बलिउड अभिनेता अजय देवगनले हालै सामाजिक सञ्जाल ट्वीटरमा चाणक्यको बायोपिकमा अभिनय जानकारी दिएका छन् । यस खबरले चर्चा पाउँदै गर्दा उनले अर्को एक बायोपिक फिल्म गर्ने बताइएको छ । खबरका अनुसार अजय महान् फुटबल प्रशिक्षक सैय्यद अब्दुल रहीमको बायोपिकमा मुख्य भूमिकामा देखिँदैछन् ।

अब्दुल रहीमलाई फुटबलको वास्तुकारको रुपमा चिनिन्छ । प्रशिक्षकको रुपमा उनको कार्यकाल भारतीय फुटबलमा स्वर्ण युग मानिन्छ । उनको मार्गदर्शनमा भारतीय टीम पहिलोपटक सन् १९५६ मा मेलबर्न ओलम्पिक फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो ।

यस फिल्ममा बोनी कपूर, आकाश चावला र जोय सेनगुप्ताले निर्माण गर्दैछन् ।

The post फुटबल प्रशिक्षक बन्दै अजय देवगन ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles