एजेन्सी, २९ असार । श्रीदेवीकी छोरी जाह्नी कपूरले फिल्म ‘धडक’बाट बलिउडमा डेब्यू गर्दैछिन् ।
फिल्ममा कदम राख्नुअगावै सामाजिक सञ्जालमा स्टार बनेकी जाह्नी कपूर नै सामाजिक सञ्जाललाई नक्कली दुनियाँ मान्छिन् । उनका अनुसार यसमा मानिसहरु त्यही देखाउँछन् जो उनीहरु देखाउन चाहन्छन् ।
सामाजिक सञ्जाललाई नकारात्मक मान्दै उनी भन्छिन्,’मलाई राम्रो लाग्दैन जब मानिसहरु सामाजिक सञ्जालमा नकारात्मक कुरा गर्छन् । म मान्छु कि सबैको आफ्नै विचार राख्ने हक छ । यसमा नकारात्मक कुराहरु बढी हुने भएकाले मलाई नराम्रो लाग्छ ।’
उनले सामाजिक सञ्जाललाई देखावटी र नक्कली भएको टिप्पणी गरेकी छन् ।
शशांक खैतान निर्देशित ‘धडक’ मराठी फिल्म निर्देशक नागराज मंजुलेको फिल्म ‘सैराट’को हिन्दी रुपान्तरण हो । फिल्ममा जाह्नीको अपोजिटमा शाहिद कपूरको भाई ईशान खट्टर छन् । फिल्म २० जुलाईमा रिलिज हुनेछ ।
The post ‘देखावटी र नक्कली छ सामाजिक सञ्जालको दुनियाँ’ appeared first on Sajha Post.