एजेन्सी, २८ असार । थाइल्याण्डको एक गुफामा फसेका १३ फुटबलरलाई अनेक उपाय लगाएर बचाउने कोशिश गरियो । फुटबल प्रशिक्षकसँगै १२ फुटबल खेलाडीलाई गुफाबाट बाहिर निकाल्नका लागि आठ देशबाट ९० गोताखोरले १८ दिनसम्म प्रयास गरे । उक्त उद्धार कार्यमाथि हलिउडमा फिल्म बन्ने भएको छ । यस फिल्ममार्फत मानिसहरुले उनीहरुको हालत र उद्धार कार्य कति जटिल हुन्छ भन्ने महसुस गर्न सक्नेछन् ।
प्युर फ्लिक्सका सीईओ एवं सह-संस्थापक माइकल स्कोटले घटनास्थलमा सह-निर्माता एडम स्मिथसँग केही दिन बिताएका थिए । स्कोटसँग यस रेस्क्यू अपरेशनमाथि टिप्पणी माग्दा उनले भने, ‘म यस रेस्क्यू अपरेशनलाई ए-लिस्ट स्टार्ससँग एक ठूलो हलिउड फिल्मको रुपमा देख्छु । खबरलाई मान्ने हो भने प्रोडक्शन कम्पनी ‘प्युर फ्लिक्स इंटरटेनमेंट’ यस विषयमाथि ‘काओस इंटरटेनमेंट’सँग मिलेर फिल्म बनाउनेछ । यस फिल्म बनाउन लगभग ६० मिलियन लाग्नेछ ।
यद्यपी निर्माता अहिले गुफामा फसेका बच्चाहरुको माता-पिता र फुटबल प्रशिक्षकसँग मिलेर फिल्मका लागि अधिकार हासिल गर्नमा जुटेको छ । उनी एक राम्रो स्क्रिप्ट राइटरको खोजीमा समेत देखिएका छन् जसले यस उद्धार अभियानलाई एक रोमाञ्चक कहानीमा ढाल्न सकोस् । य
उत्तरी थाइल्याण्डमा अवस्थित एक गुफा भित्र १२ फुटबल खेलाडी र एक प्रशिक्षक फसेका थिए । उनीहरु २३ जूनमा त्यहाँ गएका थिए ।
The post थाइल्याण्डको गुफामा फसेका १३ फुटबलरमाथि फिल्म बन्ने appeared first on Sajha Post.