एजेन्सी ।अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको विवाह भएको १० वर्ष भएको छ । पछिल्लो समय यो जोडि बलिउडकै सबैभन्दा सुखी र खुसी जोडी मानिन्छ । दुवैले एक सन्तान पनि छन् ।
अभिषेकको पहिलो प्रेमिका करिश्मा कपुर हुन् । दुवै जना लामो समयसम्म प्रेम सम्बन्धमा थिए । विवाहको लागी दुवैको इन्गेजमेन्ट समेत भइसकेको थियो । तर विभिन्न कारणवश दुवैको एक अर्कासंग विवाह भने हुन सकेन ।
नायिका करिश्मा कपुरसंग विवाह नभएपछि अभिषेकको जीवनमा मोडल दिपानिता शर्माको आगमन भयो । विभिन्न बलीउड फिल्ममा अभिनय समेत गरिसकेकी दिपानिता र उनी केहि वर्षसम्म प्रेम सम्बन्धमा थिए । दिपानितासंग लामो समय विताउदा विताउदै उनी ऐश्वर्याप्रति आकर्षित भएका थिए । कारण पछि गएर उनको दिपानितासंग ब्रेकअप भयो।
त्यसपछि उनी नायिका रानी मुखर्जीसंग नजिकिन थाले । दुवैको प्रेम सम्बन्ध लामो समयसम्म चल्यो । दुवैले एक अर्कासंग विवाह गर्ने निर्णयका साथ इन्गेजमेन्ट पनि गरिसकेका थिए । तर अभिषेकको विवाह फरि पनि हुन सकेन ।
अभिनेत्री रानी मुखर्जीसंग अलग भएपछि फिल्म गुरुमा मुख्य भुमिका निभाएका अभिषेक र ऐश्वर्याले एक अर्कासंग डेट गर्न सुरु गरे । फिल्म सफल भएको उपलक्ष्यमा अभिषेकले उनलाई विवाहको प्रस्ताव राखे र अप्रिल २० २००७ मा दुवै जना विवाह बन्धनमा बाधिएका थिए ।
The post यस्तो थियो अभिषेक बच्चनको लव अफयेर्स appeared first on Sajha Post.