Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

ऋतिक यी महिलासँग दोस्रो विवाह गर्ने तयारीमा

$
0
0

एजेन्सी, ५ माघ । चारवर्ष अघि सम्बन्धविच्छेद गरेर एकल जीवन बाँच्दै आएका ऋतिक रोशनले पुन विवाह गर्नेबारे सोच बनाइरहेका छन् । उनको विवाहबारेको सोचमाथि मिडियामा पनि निकै गर्चा भैरहेको छ ।

४ वर्षअघि श्रीमती सुजैनसँग सम्बन्ध विच्छेद गरेका २ छोराका बाबु ऋतिकले विवाह गर्ने महिला को रहेछ भन्ने जान्न उत्सुक उनका फ्यानका लागि उनले निकै ठूलो सरप्राइज लिएर आएका छन् । वास्तवमा उनले दोस्रो विवाह गर्न चाहने महिला अरु कोहि नभएर उनकी पूर्व श्रीमती सुजैन नै रहेकी छिन् । सम्बन्ध विच्छेद भएको यति वर्षपछि पुनः ऋतिकले आफ्नी श्रीमती जैनसँग पुनर्मिलन गर्नेबारे सोच बनाएका छन् ।

एउटा चर्चित बेभसाइटको खबरअनुसार दुबैका नजिकका एकजना साथीले उनीहरु पुनः एक हुनेबारे कुराकानी गरिरहेको बताएको जनाएको छ । दुवैले अहिले आफ्नो सम्बन्धको समस्याबारे राम्री बुझिसकेको पनि बताइएको छ ।

उनीहरु दुबैलाई धेरैजसो छोराहरु ऋहान र ऋदानको साथमा बाहिर घुमफिर गरिरहेको देखिन्छ । त्यसकारण उनीहरु सन्तानको माध्यमबाट वा कारणबाट नजिक हुनसक्ने पनि अनुमान गरिएको छ ।

हालै १० जनावरीमा ऋतिकले आफ्नो ४४औ जन्मदिन मनाएका थिए । त्यसै अवसरमा उनकी पूर्वश्रीमती सुजैनले उनलाई आफ्नो जीवनको सनसाइन भनेर एउटा तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । यस अगि अभिनेत्री कंगना रनावतले ऋतिकमाथि गम्भिर आरोप लगाउँदा पनि जैनले ऋतिकको समर्थन गरेकी थिइन् ।

उनीहरुको सम्बन्ध विच्छेद पछि बच्चाहरु भने बुवा ऋतिकसँग बस्दै आएका छन् ।

The post ऋतिक यी महिलासँग दोस्रो विवाह गर्ने तयारीमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles