काठमाडौं, ४ माघ । बलिउड इन्डष्ट्रिजका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरी हिल्सको भ्रमण गर्ने भएका छन् । दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा खान नेपाल आउने जनाइएको छ ।
सलमान खान निकटका मित्र तथा दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टकोे तर्फबाट हालै जर्डी पटेल, अडिल जगमगियाले चन्द्रागिरी हिल्स लिमिटेड परिसरको भ्रमण गरि उक्त कुरा जानकारी गराएका हुन । उनीहरुका साथसाथै नेपालस्थित इभेन्ट व्यवस्थापन कम्पनी ओडीसी इन्टरटेन्मेन्टका प्रमुख सिमान्त गुरुङ्ग पनि सहभागी थिए ।
खानको आसन्न भ्रमणको विषयमा थप जानकारीका लागि यहि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरिएको जनाइएको छ । पत्रकार सम्मेलनलाई सोहिल खानले सम्बोधन गर्नेछन् ।
The post बलिउड अभिनेता सलमान खान नेपाल आउँदै, चन्द्रागिरीको भ्रमण गर्ने appeared first on Sajha Post.