पटना, ६ असोज । एकजना भोजपुरी अभिनेत्रीलाई बलात्कार गरेको अभियोग लागेका अभिनेता मनोज आर पाण्डेय नेपाल भाग्न लाग्दा भारतको मुम्बई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल भाग्नका लागि एकजना युवतीसँग ५ लाख मागेको समाचारमा जनाइएको छ । भारतीय पत्रिका दैनि भाष्करका अनुसार यो विषयको जानकारी मनोजकी पूर्वप्रेमिकाले थापा पाएपछि रकम दिन गएकी थिइन् तर प्रहरी उनीभन्दा छिटो पुगेको थियो ।
प्रहरी देखेर भाग्न लागेका मनोजलाई लखेटेर पक्राउ गरिएको समाचारमा जनाइएको छ ।
मनोजलाई पक्राउ गरिएपछि पीडित अभिनेत्रीले प्रहरीले पनि सुस्त गतिमा काम गरेको बताइन् । उनले मनोज भागेको भए त्यसको जिम्मेबारी प्रहरीले लिनुपर्ने बताएकी थिइन् । ५ लाख मागेपनि अभिनेता मनोजले ५० हजार मात्र पाउने थिए । सोही रकम बोकेर उनी नेपाल आउन लागेका थिए ।
भोजपुरी फिल्मकी एउटी नामी गायिका तथा अभिनेत्रीसँग उसको ५ वर्षसम्मको लिभिङ टुगेदर थियो । उनीहरू सम्बन्धमा थिए । विवाहका लागि दबाब परेपछि उसले धोका दिएको थियो । उसले वर्षा नामकी केटीसँग विवाह गरेको भन्दै कुरा पनि गराएको समाचारमा उल्लेख छ । दैनिक भास्करबाट
The post अभिनेत्रीलाई बलात्कार गरी नेपाल भाग्न लागेका अभिनेता पक्राउ appeared first on Sajha Post.