Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

होला त ऋतिक र सुज्यानको प्याचअप !

$
0
0

एजेन्सी, ६ असोज ।  डिभोर्स भइसकेपछि पनि ऋतिक र सुजैनको सम्बन्ध पहिलेको जस्तै छ । समय समयमा भेटघाट गरिरहने र आफ्नो छोराहरुसँग समय बिताउँने गरिहन्छन् उनीहरु।

कहिलेकाँही उनीहरु डिनर पनि सँगै गर्छन् । संसारको लिला पनि अचम्मको छ । सम्बन्ध राम्रो थियो भने किन डिभोर्स गर्नु ? बलिउडमा यो सामान्य भैसकेको छ । उनीहरु डिभोर्स र प्याच्अपलाई सामान्य ठान्छन् । पछिल्लो समय सुजैन र ऋतिक धेरै समयसँगै बिताउने गरेका छन् । त्यसैले उनीहरु फेरि सँगै हुने अड्कल पनि काटिन्छ।

कुनै समय सुजैन र ऋतिकको जोडि बलिउडमा सबैभन्दा राम्रो र असल थियो । उनीहरको झगडाको कुरा पनि कहिल्यै आएन् ।
उनीहरु बलिउडका उदाहरण थिए । तर सन् २०१४ मा डिभोर्स गरेपछि उनीहरुको प्रशंसा गर्नेहरु अच्चमित परेका थिए ।
सन् २०११ तिरको एक अवार्डमा सँगै पुगेका थिए ऋतिक र सुजैन । कार्यक्रमको होष्ट थिए शाहरुख खान । शाहरुख खानले ऋतिक र सुजैनलाई अगाडि बोलाए।

त्यतिबेलासम्म ऋतिक असल श्रीमानको रुपमा बलिउडमा चिनिन्थे । सोहि अवार्ड कार्यक्रममा उनीहरुले वैवाहिक जीवनको १० औँ वर्षगाँठ मनाएका थिए ।

The post होला त ऋतिक र सुज्यानको प्याचअप ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles