Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सैफका लागि घर छोड्न तयार थिइन् करीना, यस्तो थियो रोचक प्रेमकथा

$
0
0

एजेन्सी, ५ असोज । आज बलिउड अभिनेत्री करीना कपूर ३७ वर्षकी भएकी छन् । उनले थुप्रै सफल फिल्महरुबाट आफ्नो उत्कृष्ट कलाकारिता प्रस्तुत गरिसकेकी छन् । उनको चर्चित फिल्म ‘जब वी मेट’ मा उनले बारम्बार घरबाट भाग्ने कुरा गरेकी थिइन् । तर, के तपाईलाई थाहा छ ? वास्तविक जीवनमा पनि सैफसँग प्रेममा परेपछि करीना घर छोडेर भाग्न तयार भएकी थिइन् । यसरी सुरु भएको थियो सैफ र करीनाको रोमान्स ।

अक्षय कुमार र सैफ अलि खानसँगै खेलेको फिल्म ‘टशन’बाट उनी सैफप्रति आकर्षित बनेकी थिइन् । त्यसबेला करीना र शाहिद कपूरको सम्बन्ध टुट्ने अवस्थामा थियो । सैफको सहजता र स्टाइलसँग उनी असाध्यै प्रभावित भएकी थिइन् । समय बित्दै जाँदा उनी शाहिदबाट धेरै टाढा हुँदै गइन् भने सैफ र उनी नजिकिएको खबर बाहिर आउन थाल्यो । एउटा अन्तर्वार्तामा करीनाले सैफको सबैभन्दा राम्रो बानी महिलालाई अत्यन्तै सम्मान र इज्जत दिनु भएकाले जोपनि उनीबाट सजिलै प्रभावित हुन सक्ने बताएकी थिइन् ।

त्यसपछि जब सैफ र करीना नजिकिएको खबर चर्चामा आउन थाल्यो उनीहरुले फेरि अर्को फिल्म ‘कुरबान’ मा समेत साथ काम गर्ने बताउँदै सञ्चार माध्यमका खबर साँचो भएको संकेत गरे । यस फिल्ममा पनि उनीहरुको जोडी र मेलमिलापको सबैले प्रशंसा गरेका थिए । दुवैले धेरै समय सँगै बिताउन थालेपछि उनीहरुको सम्बन्ध विवाहसम्म पुग्यो । सैफका अनुसार करीना ज्यादै संवेदनशील महिला हुन् र उनी सैफका सबै विचारहरुको सम्मान गर्छिन् ।

करीनाले घरबाट भाग्ने धम्की दिएपछि

सैफ र करीना दुवैले विवाह गर्ने निर्णय लिइसकेपनि उनीहरुको परिवारको साथ पनि उत्तिकै महत्वपूर्ण थियो । करीना हिन्दू हुन् भने सैफ मुसलमान, जसकारण उनीहरुलाई परिवारले नस्वीकार्ने डर लागिरहेको थियो । तर, दुवैका परिवारले उनीहरुको सम्बन्धलाई खुलेर स्वागत गरेपछि उनीहरु ज्यादै खुसी भए । परिवारले दुवैको विवाह धुमधामसँग गर्ने योजना बनाउन थाले तर चर्चित सेलिब्रेटी भएकाले सैफ र करीनालाई सञ्चार माध्यमको हो-हल्लाबाट टाढा रहन मन थियो । त्यसपछि उनीहरुले आफ्ना परिवारलाई धुमधामले बिहे गराएमा घरबाट भागेर चुपचापसँग बिहे गर्ने भन्दै धम्की दिन थाले । उनीहरुको धम्कीसँग डराएर परिवारले पनि कोर्ट म्यारिज गराइदिने निर्णय लिए । विवाहपछि मात्र उनीहरुले पार्टी दिएर अन्य बलिउड सेलिब्रेटीलाई निम्ता गरेका थिए ।

The post सैफका लागि घर छोड्न तयार थिइन् करीना, यस्तो थियो रोचक प्रेमकथा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles