एजेन्सी, ५ असोज । भारतीय अभिनेत्री सनी लियोनी बेलाबेलामा मिडियामा छाइरहन्छिन् । त्यस्तै पछिल्लो समय उनी कण्डमको विज्ञापनका कारण चर्चामा छिन् । सडकमा सनीको कण्डमको विज्ञापनले धेरैको ध्यान तानेपनि मानिसहरुमा एकप्रकारको आक्रोश छ । विज्ञापनमा लेखिएको छ, ‘ आ नवरात्री ए रामो, परंतु प्रेमथी ।’ जसको नेपालीमा अर्थ हुन्छ, ‘नवरात्रीमा खेल्नुहोस् तर मायाले…।’
हिन्दु युवा बाहिनीले यस पोस्टरको कडा विरोध गर्दै विज्ञापन गर्ने कम्पनीलाई कडा चेतावनी दिएको छ । कम्पनीले उक्त पोस्टर तुरुन्त नहटाए गम्भीर परिणाम भोग्नुपर्ने भन्दै बाहिनीले चेतावनी दिएको छ ।
सामाजिक सञ्जालमा यस विज्ञापनबारे चर्को आलोचना भइरहेको छ । उक्त विज्ञापनले हिन्दुहरुको धार्मिक भावनामा गम्भीर चोट परेको र नवरात्रीको मर्ममाथि आघात पुगेको भन्दै उक्त पोस्टर गुजरातबाट हटाउन माग समेत सञ्जालप्रयोगकर्ताले गरेका छन् ।
The post किन सनीको कण्डम विज्ञापन यति विवादित बन्यो ? appeared first on Sajha Post.