काठमाडौं, ५ असोज । नेपालको धरान सहरमा पक्राउ परेको भनिएकी विवादीत भारतीय गुरू रामरहिमकी ‘बोलाउने छोरी’ हनीप्रित अर्थात प्रियंका तनेजाको नेपाल कनेक्सन के हो ? यतिबेला खोजीको विषय बनेको छ ।
२४ जनाको बलात्कार तथा केहीको हत्या अभियोगमा हरियाणामा रहेको सच्चा डेरा प्रमूख रामरहिम अहिले जेलमा छन् । उनको डेराको सम्पत्तिको जगेर्नाको जिम्मा पाएकी हनीप्रितको खोजी भारतीय सुरक्षा अधिकारी, मिडिया र गुप्तचर संस्थाले गरिरहेका छन् ।
रामरहिमलाई विभिन्न हिसावले अपराध गर्नमा सहयोग गरेको अभियोग लागेकी हनीप्रितले नेपाललाई आश्रयस्थल बनाएको दाबी गरिएको छ । नेपाल प्रहरी पनि अहिले उनको खोजीमा सक्रिय रहेको छ । भारतीय नम्बर प्लेटको एउटा गाडीसँग रहेकी युवती धरानमा पक्राउ गरिएपनि उनी हनीप्रित नभएको दाबी नेपाल प्रहरीको छ । तर, सुपुर्दगी गर्न नमिल्ने भएका कारणले भारतीय प्रहरीलाई जिम्मा लगाएर नेपाल प्रहरीले झूठो बयान मिडियामा दिएकोे अनुमान गरिएको छ । हनीप्रित नेपाल नै आएपनि उनको सम्बन्ध के थियो र ?
महाभूकम्प गएको बेला ०७२ सालमा रामरहिमले भक्तपुरमा राहत सामग्री बाँडेका बेला हनीप्रित पनि सँगै आएकी थिइन् । रामरहिमले छोरीको दर्जा दिएर उत्तराधिकारी बनाउने तयारी गरेकी हनीप्रितसँग उनको नाजायज सम्बन्ध रहेको भारतीय मिडियाहरूले दाबी गर्दै आएका छन् । उनी नेपाल छिर्नुको मुख्य उद्देश्य रामरहिमले जम्मा पारेको सम्पत्तिको संरक्षण र पक्राउ पर्ने डर प्रमूख कारण रहेको भारतीयहरूको दाबी छ ।
हनीप्रित विहार हुँदै विराटनगरबाट नेपाल छिरेको र महेन्द्रनगर हुँदै काठमाडौंबाट धरान पुगेको कतिपय भारतीय मिडियाले दाबी गरेका छन् । मिडियाको यो विरोधाभाषपूर्ण जानकारी आएपनि भारतीय सीबीआईका अधिकारीले हनीप्रित धरानमा रहेको भन्दै खोजी गरेको नेपाल प्रहरीको विशेष सुत्रले जानकारी दिएको छ ।
‘पक्राउ परेकी युवती हनीप्रित नै हुने आधार फेला पनि परेका छन् । उनको भारतीय गाडी, अनुहार मिल्नु र धरानमा भारतीय अधिकारी र मिडियाको तिव्र खोजी हुनु संयोगमात्र होइन’, एकजना सुरक्षा अधिकारीले भने,‘बाहिर ल्याउन नहुने भएकाले यकिन साथ पक्राउ गरेको भन्न मुस्किल पर्छ ।’
भारतीयलाई नेपाल प्रवेशका लागि भिसा नलाग्ने र नेपालमा लुक्न सहज हुने भएकाले हनीप्रित नेपाल आएको भन्ने भारतीयको दाबी गलत नहुन सक्ने सुरक्षा अधिकारीहरू बताउँछन् ।
The post कसैको हातमा आउने छैनन् हनीप्रीत ! के हो नेपाल कनेक्सन ? appeared first on Sajha Post.