काठमाडौं, ५ असोज । सदाबहार गायक राजेश पायल राईको दर्शन नमस्ते–३ को ‘किन यति धेरै माया लाग्छ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कमल राईको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोलाई विन्दवासिनी म्युजिकले बजारमा ल्याएको हो । एलिसा राई र विल्सन विक्रम राईको अभिनय रहेको म्युजिक भिडियोको गीतको संगीत महेश खड्काले गरेका हुन् भने संगित संयोजन महाराज थापाले गरेका हुन् ।
‘दर्शन नमस्तेको श्रृङ्खलाको तेस्रो संस्करणको यो लोकभाका शैलीको गीत बजारमा ल्याएको हुँ’, गायक राईले भने,‘अहिले यसलाई धेरैले मन पराउनुभएको छ ।’
किशोर थापाको मिक्सिङमा तयार भएको म्युजिक भिडियोको छायाङ्कन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने भरत रेग्मीले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा गायक राईको नृत्य पनि देख्न पाइन्छ ।
The post मायाले संसार थाम्दैन भन्दै तक्मे र राजेश के गर्दैछन् ? (भिडियो सहित) appeared first on Sajha Post.