चस्मे बद्धुर
सन् १९८१ मा बनेको कमेडी फिल्मको रिमेक सन् २०१३ मा बनेको थियो । पुरानो क्लासिक फिल्म सुपरहिट भएको थियो । तर रिमेक भएको फिल्मले राम्रो व्यापार गरेपनि फिल्ममा हुनुपर्ने गुणहरु नभएको भन्दै आलोचना भएको थियो ।
हिम्मतवाला
साजिद खानले सन् १९८० को दशकमा निर्माण गरेको फिल्म हिम्मतवालाको रिमेक बनाए । तर उनलाई धेरैले प्रश्न गरे ‘किन रिमेक बनाएको ?’ फिल्म रिलिज हुनुपुर्व साजिदले बक्सअफिस रेकर्ड तोड्ने बताएका थिए तर फिल्मले साजिद खानको मन तोड्यो । बक्स अफिसमा फिल्म नराम्रोसँग पिटियो र गतिलो कमाइ गर्न सकेन ।
जंजीर
बलिउडमा अमिताभ बच्चनलाई स्थापित गराउन ठुलो भुमिका खेलेको सुपरहिट फिल्म ‘जजीर’को रिमेकले भने साउथ इण्डियन नायक रामचरनलाई भने बदनम गरायो । फिल्ममा प्रियंका चोपडाको पनि मूख्य भुमिका रहेको थियो । सन् २०१३ मा आएको यो फिल्म सुपर फ्लप भएको थियो ।
विक्टोरिया नम्बर २०३
प्राण र ओशक कुमारले सन् १९७२ मा खेलेको यस फिल्म सुपरहिट भएको थियो । दर्शकहरुले त्यस समय यस फिल्मलाई खुब रचाएका थिए । तर यस फिल्मको रिमेकले भने कहिले आयो कहिले गयो पत्तै भएन ।
The post बलिउडका फ्लप रिमेक फिल्महरु appeared first on Sajha Post.