Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘रेस ३’मा अनिललाई हटाएर सलमानले कसलाई भित्र्याउँदैछन् ?

$
0
0

एजेन्सी, ४ असोज । बलिउड सुपरस्टार सलमान खानको आगामी फिल्म ‘रेस ३’को यतिबेला चर्चा चुलिएको छ । फिल्मलाई लिएर हरेक दिन नयाँ खुलासा हुँदै आएको छ ।

फिल्ममा सलमानका अलवा ज्याकलिन फर्नांडिजको मुख्य भूमिका हुने तय भएको छ । यसअघि फिल्ममा अनिल कपूरको पनि भूमिका हुने खबर बाहिर आएको थियो । तर, अहिले अनिल कपूर फिल्मबाट बाहिरिएको खबर छ । अनिलको ठाउँमा सुरज पंचोलीलाई लिइएको बताइएको छ ।

सलमान र सुरजको राम्रो सम्बन्ध छ । सुरज पंचोलीका लागि ‘रेस ३’मा विशेष भूमिका लेखिएको छ, जसमा सुरजको दमदार एक्सन देख्न पाइनेछ । सुरज आफैं यस फिल्मका लागि निकै उत्साहित छन् । सुरजलाई सलमानले नै बलिउडमा भित्र्याएका थिए ।

‘रेस ३’को कहानी विल्कुलै नयाँ हुने बताइएको छ । फिल्म यूनिट पनि नयाँ कहानी भएको फिल्ममा नयाँ अनुहारलाई भित्र्याउने तयारी गरिरहेको छ ।

The post ‘रेस ३’मा अनिललाई हटाएर सलमानले कसलाई भित्र्याउँदैछन् ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles