एजेन्सी । एक समय अभिनेता सलमान र संजय दत्त बलिउडका सबैभन्दा मिल्ने साथी थिए । तर, समय बित्दै जाँदा उनीहरुको मित्रता टुट्दै गइरहेको खबर आएको थियो । केही दिनअघि सलमान र संजय अम्बानीको घर एउटा कार्यक्रममा पुग्दा अंगालो मारेको देखा परेका थिए । त्यसपछि फेरि उनीहरु पहिलेजस्तै मित्र बनिसकेको अनुमान गरिएको थियो ।
एउटा घटनाका कारण पुन: उनीहरुको मित्रता चर्चामा आएको छ । सञ्चार माध्यमले बताएअनुसार संजयले आफ्नो फिल्म ‘भूमि’को विशेष स्क्रिनिङ राखेका थिए, जसमा बलिउडका चर्चित कलाकारहरुलाई बोलाइयो तर त्यस सूचिमा उनका साथी सलमानलाई चाहिँ छुटाइएको थियो । आमीर खान, शाहरुख खान, रणवीर कपूर, सुनील शे्ट्टी, राजकुमार हिरानी, करन जोहर, सोनाक्षी सिन्हा, शत्रुधन सिन्हा, अजय देवगन, काजोल, अभिषेक बच्चन र ऐश्वर्या राय जस्ता बलिउड सेलिब्रेटीहरुलाई उनले निम्ता गरेका थिए । तर, उनको यो विशेष सुचीमा सलमानको नाम नहुँदा यसले पुन: प्रश्न उठाएको छ ।
उता संजय दत्तले भने एउटा अन्तर्वार्तामा सलमान र आफूबीच सबै राम्रो रहेको बताएका थिए । सलमान आफ्नो भाई जस्तै भएको र उनलाई आफूले सधैँ माया गर्ने उनले बताएका थिए । उनीहरुले थुप्रै फिल्ममा सँगै काम गरिसकेका छन् जसकारण उनीहरुको सम्बन्धलाई धेरै बलियो मानिन्थ्यो । तर, संजय जेलबाट छुट्दा पनि सलमान उनलाई भेट्न नगएपछि भने उनीहरुको सम्बन्ध टुटिसकेको खबर बाहिर आएको थियो ।
The post संजयले पार्टीमा किन बोलाएनन् सलमानलाई ? appeared first on Sajha Post.