एजेन्सी, ४ असोज । बलिउड अभिनेत्री र भारतीय क्रिकेटरबीच राम्रो सम्बन्ध रहेको छ । स्टाइलिस क्रिकेटर र बलिउड अभिनेत्रीबीच अफेयरका चर्चा पनि चल्ने गरेको पाइन्छ । यसमध्ये केही अफेयर निकै छोटो समयमा पुगेर टुङ्गिन्छ भने केही निकै लामो समयसम्म पुग्छ ।
निकै कम मानिसलाई थाहा होला कि ‘जूली २’की अभिनेत्री लक्ष्मी रायसँग महेन्द्र सिंह धोनीले डेट गरिसकेका छन् । त्यस्तै फिल्म ‘जूली २’ की अभिनेत्री राय लक्ष्मीसँग महेंद्र सिंह धोनीसँगको पाँच वर्ष लामो रिलेशनशिपलाई लिएर प्रश्न गरिएको थियो । सोही क्रममा उनले भनिन्, ‘मेरो र धोनीको सम्बन्ध यसभन्दा अगाडि बढिसकेको छ ।’
मिडिया रिपोर्ट्सका अनुसार लक्ष्मीले भनिन्, ‘धोनीपछि म ४-५ जनासँग प्रेम-सम्बन्धमा रहेँ । तर, सबै चर्चित नै छन् । किन कोही पनि उनीहरुबारे प्रश्न गर्दैनन् ? धोनीको बारेमा मात्र किन ?’
यद्यपी धोनी र रायको अफेयर टुङ्गिइसकेको बताइएको छ ।
The post धोनीसँगको प्रेम-सम्बन्धलाई लिएर यस अभिनेत्रीले खोलिन् यस्तो राज ! appeared first on Sajha Post.