Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

जान्नुस, अब किन डेजी बोल्ड सिन दिन चाहदिँनन् ?

$
0
0

एजेन्सी, २ असोज । सलमान खानकी फिल्म ‘जय हो’बाट बलिउडमा डेब्यू गरेकी डेजी शाहले आफ्नो छवी बदल्न चाहेको बताएकी छन् ।

डेजी शाहले फिल्म ‘हेट स्टोरी ३’मा निकै बोल्ड भूमिका निभाएकी थिइन् । उनका फ्यान उक्त बोल्ड अवतार देखेर चकित भएका थिए । त्यसैले आफूले यस प्रकारको छवी परिवर्तन गर्न चाहेको डेजीले बताइन् ।

‘हेट स्टोरी ३’मा डेजीको धेरै नै बेड सिन थिए तर उनले आफूले अब त्यस्तो सिन दिन नचाहेकी बताइन् । एक समाचार एजेन्सीसँग कुराकानी गर्दै उनले भनिन्, ‘अब मैले पुन: बोल्ड र बेड सिन दिन्नँ । मानिसहरुलाई लाग्थ्यो कि म सामान्य युवतीको भूमिका राम्रोसँग निभाउन सक्छु । मैले यो इमेज तोड्न चाहन्थेँ र त्यसैले मैले हेट स्टोरी ३ गरेँ ।’

डेजीले ‘रेस ३’मा काम गर्ने खबरमाथि भनिन्, ‘मैले फिल्ममा साइन गरेकी छैन । तर, मौखिक कुराकानी भएको छ । अहिले मैले फिल्म गरिरहेको छु कि छैन त्यो बारे म केही भन्न सक्दिनँ । त्यो मेरा लागि अनैतिक हुनेछ । निर्माताले यसको घोषणा गर्नेछन् ।’

The post जान्नुस, अब किन डेजी बोल्ड सिन दिन चाहदिँनन् ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles