बलिउड । बलिउडमा चर्चा पाउन केही अभिनेत्रीहरुले अंग प्रदर्शनको बाटो रोजे । एकदुईवटा फिल्ममा बोल्ड सिन दिदै चर्चामा आएका केही अभिनेत्रीहरुले त्यसपछि आएका फिल्महरुमा भने जादु चलाउन सकेनन् ।
उनीहरुको दिएका सेक्सी एण्ड हट पोजले कुनै कमाल गर्न सकेन । अभिनयभन्दा पनि अंग प्रदर्शनमा जोड दिएका यी अभिनेत्रीहरु एकाएक बलिउडबाट हराएका छन् ।
उनीहरुका बारेमा न कुने सोध खोज नै हुने गरेको छ । सेक्सी अन्दाजमा देखिएर केही समयका लागि चर्चा पाएका यी अभिनेत्रीहरुले बलिउडलाई बाइबाइ गरेको धेरैले अनुमान रहेको छ ।
फिल्ममा टिकिरहन अंगप्रदर्शनमात्र काफी नरहेको उनीहरु बझेरै होला बलिउडसँगको सम्बन्ध देखि उनीहरु पर हुदै गए । मल्लिका शेरावतले फिल्म मर्डरमा दिएको बोल्ड अन्दाजलाई पनि बलिउडमा उत्तिकै चर्चा हुनेगर्छ ।
अन्य फिल्ममा पनि उनले बोल्ड अन्दाजमा नै उनी देखिइन् । आइटम गीतमा पनि उनी देखिइन् टिक्न सकिनन् । उनी बलिउडबाट पलायन भइसकेकी छिन् । त्यस्तै अर्की अभिनेत्री तनुश्री दत्त ।
यी अभिनेत्री पनि बोल्ड अवतारमा देखिइन् । बेडसिन, किस सिनजस्ता सिनहरुमा केही समय उनी चर्चामा रहिन् । तर, बलिउडमा टिक्न सकिनन् ।
गाीता बसर, सेलिना जेट्ली, अमृता अरोराजस्ता अभिनेत्रीहरु बलिउडमा टिक्न सकेनन् । बलिउडमा करिअर धरापमा परेपछि उनीहरुले विवाह गरेर सेटल हुने निर्णय गरेका थिए ।
The post बलिउडमा ‘बोल्ड सिन’ले काम नगरेपछि विवाहको बाटो रोजे यी अभिनेत्रीहरुले appeared first on Sajha Post.