एजेन्सी । बहुप्रतिक्षित बलिउड फिल्म ‘बादशाहो’ को रिलिज मिति नजिकिँदै छ । फिल्मको गीतमा अजय देवगन र इलियाना डिक्रुजको रोमान्स सीनलाई लिएर बलिउड बजार तात्यो पनि । फिल्ममा इलियानालाई टपलेसमा देख्न सकिन्छ । सेन्सर बोर्डले उक्त सीनलाई नकाटिकन पास गरेपछि उनको बोल्ड अवतारलाई लिएर यतिबेला सर्वत्र चर्चा भइरहेको छ ।
उता इलियानाले आफ्नो सीनलाई लिएर बोलेकी छन् । उक्त गीतको भिडियोमा इलियानाले ज्याकेट उतारेर माथिल्लो भागमा केही पनि बस्त्र नलगाएको देखिन्छ । यसमाथि इलियानाले भनेकी छन्, ‘यो सीन म र अजयबीच आपसी विश्वास र सम्मानका कारण हुन सकेको हो । जब सीनको शूट सकियो त्यसबेला अजयले मलाई पुरा रुपमा ढाकेर राखे, जबसम्म कसैले मलाई ज्याकेट उठाएर दिएन ।’
इलियानाका अनुसार उक्त सीनमा ज्याकेट खसाल्ने जुक्ति पनि उनको नै हो । फिल्ममा अजय देवगन, इलियाना डिक्रुजका अलवा ऐशा गुप्ता, इमरान हाशम, विद्दुत जामवाल र संजय मिश्राको अभिनय देख्न पाइनेछ ।
मिलन लूथरियाको निर्देशनमा बनेको फिल्म सेप्टेम्बर १ बाट रिलिजमा आउँदैछ ।
The post ‘बादशाहो’मा अजयसँग आफ्नो टपलेस सीनलाई लिएर यसो भनिन् इलियानाले appeared first on Sajha Post.