काठमाडौं, ११ भदौ । र्यापर साकार अधिकारी (लिटिल बुद्ध) अहिले अष्ट्रेलियाको अस्पतालमा उपचारका क्रममा छन् । उनलाई सामाजिक सञ्जालको मेन्स् ग्रुप रिलोडेडका सदस्य, अस्ट्रेलियामा रहेका युवाहरूको सहायतमा अस्पतालमा पुराइएको थियो । उनको अवस्था अलिक सुधारोन्मुख बनाउन अस्पतालमा उपचार जारी छ ।
‘अस्पतालको डिटेल्स आउन बाँकी छ, उनको उपचार भइरहेको छ । यहाँ रहेका नेपाली समुदायका युवाको सहयोगमा नै हामीले अस्पताल पुराएका हौं’, सिड्नीबाट महेशले भने,‘अन्य विषय बुझ्न बाँकी छ ।’
लागु औषध प्रयोग गरेपछि फेसबुक लाइभमा आएर उनले नेपालका नेताहरू, कलाकारहरू, विभिन्न पेसा र समुदायमा रहेका उनका आफ्ना भ्युअर्स र फ्यानलाई पनि अश्लील सम्बोधन गरेका थिए । उनको यहि सम्बोधनका कारण उनी मानसिक रूपमा विरामी रहेको पत्ता लागेपछि अस्पताल पुराइएको थियो । डिप्रेशन भएको बेला अत्यधिक लागु औषध वा मादकपदार्थ सेवन गरेपछि हिंस्रक मनोबलमा पुग्ने चिकित्सकहरूले बताउँदै आएका छन् । साकारमा पनि त्यस्तै लक्षण देखिएको धेरैको बुझाई छ ।
साकार आफैंले आफ्ना गल्तीका विषयमा माफी माग्दै लेखेका छन्,‘मलाई माफ गरिदेऊ ! म अस्पतालबाट चाँडै फर्किदैछु ।’ उनले सो क्रममा आफ्नो आगामी एल्बम तपस्याको एउटा गीत पनि सार्वजनिक गरेका छन् ।
अष्ट्रेलियामा अध्ययनका लागि पुगेका साकारले नेपालमा जारी राखेको आफ्नो बानीमा सुधार नल्याएका कारण अहिले अस्पताल पुुगेका हुन् । उनलाई यस्तो अवस्थामा पुग्नुको प्रमूख कारण र्यापर अनिल अधिकारी (यमबुद्ध)ले लन्डनमा गरेको आत्महत्याको असर, प्रेममा परेको समस्या र उनको लागु औषध प्रयोग गर्ने बानी रहेको उनका निकटवर्तीहरूले बताएका छन् । सांगितिक क्षेत्रमा रहेको अर्को र्यापर ‘लाउरे’सँग साकारको विवाद रहेको थियो ।
र्यापर यमबुद्ध (अनिल अधिकारी)को आत्महत्यापछि लिटिल बुद्ध (साकार अधिकारी) स्तब्ध थिए, प्रेममा पनि समस्या आयो र उनी बेजोडसँग लागुऔषधमा रूमल्लिन थाले
साकार यमबुद्धको आत्महत्याको कारण लाउरे ठान्छन् । उनले एउटा भिडियो सार्वजनिक गरेरै यस्तो बताएका थिए । जुन, युट्युवमा अहिले पनि छ ।
अष्ट्रेलियामा साकारले अत्यधिक मदिरा पिउने र गाँजा प्रयोग गर्ने गर्दथे । ‘लागु औषधको प्रयोग नगर्दा हामीले उनलाई कहिले पनि विरामी जस्तो देखेनौं तर जब भिडियो हे¥यौं उनको शैलीले विरामी रहेछन् भन्ने बुझियो’, साकारलाई चिन्ने एकजना नेपाल विद्यार्थीले भने ।
एक हप्ता अघि मेलबर्नमा भएको विपुल क्षेत्रीको सांगितिक कार्यक्रममा उनले सहभागीता जनाएका थिए । नयाँ गीतको संग्रह सहितको ‘तपस्या एल्बम्’ ल्याउने तयारीमा रहेका साकारका सवै विवादहरू पनि मिल्दै गइरहेका थिए ।
‘साकार यम बुद्धलाई निक्कै मान्दथे । उनका गीतहरूसँग नजिक थिए । जब आत्महत्याको खबर आयो उनी त्यसको कारण खोजिरहेका थिए । तर, आफैं विरामी भए’, एकजना उनका साथीले भने,‘यमबुद्धको आत्महत्याको खबरपछि उनी र्यापरको जीवनका बारेमा सोधिरहन्छन्, सोचिरहन्छन् ।’
उपचारका क्रममा रहेका साकारको जीवनलाई फरक गति दिनका लागि उनका फ्यान, उनको कलात्मक शैलीसँग नजिक रहेकाहरूले सहयोग थालेका छन् ।
नशाकै तालमा भएपनि साकारले यमबुद्ध प्रतिको प्रेम र स्नेहलाई भिडियोमा उतारेका थिए । उनले एउटा भिडियोमा देशका नेतालाई मानिसलाई गाली गरेको स्मरण गर्दै भनेका छन्,‘के अब मलाई छाड्छन् त तिनिहरूले ?’
The post यमबुद्ध आत्महत्यापछि एउटा र्यापरका हर्कत appeared first on Sajha Post.